Header Ads

न बिर्सें तिमीलाई

न बिर्सें तिमीलाई न पाएँ तिमीलाई,
विना अर्थ दिलमा सजायँ तिमीलाई ।

यो यात्रा सुनौलो अनि साथ तिम्रो,
सम्झेर भेट्न बोलाएँ तिमीलाई ।

आयौ समिपै जब तिमी निदरीमा,
यो हलचल, यो धड्कन सुनाएँ तिमीलाई ।

रमाएँ एकैछिन, पछि आँशु झऱ्यो,
अनि आँशु पुछ्दै पठाएँ तिमीलाई ।

भयो आश रित्तो र यो मन निराश भो,
अनि बेहोसी मै कराएँ तिमीलाई ।

अनायासै मेरो दुख्यो जिन्दगीमा,
परेली भिजाइ बगाएँ तिमीलाई ।
Model Jharna Bajracharya

No comments